चितवन । चितवनको कालिका नगरपालिकाले स्थानीय तह वित्तीय सुशासन मूल्याँकन तथा संस्थागत क्षमता स्वमूल्याँकन सम्वन्धी तालिम सम्पन्न गरेको छ । नगरपालिकाको नगर प्रमुख,उपप्रमुख, कार्यपालिका सदस्यहरु,वडा अध्यक्ष र शाखा प्रमुखहरु सहभागि तालिममा नगरपालिकाले गर्दै अएको काम, खर्च प्रणाली, वित्तीय जोखिम र अन्तरीक स्वमूल्याँकनका बिषयमा छलफल गरिएको थियो ।

स्थानीय तह वित्तीय सुशासन मूल्याँकनका शैद्धान्तीक र व्यवहारीक पक्षका बिषयमा जिल्ला समन्वय समिति चितवनका समन्वय अधिकारी चुडामणी शर्माले प्रशिक्षण दिनुभएको थियो । कालिका नगरपालिकाको वित्तीय अवस्था र जोखिमका बिषयमा लेखा अधिकृत ऋषी प्रसाद कंडुवालले सहभागिलाई प्रशिक्षण दिनुभएको थियो । नगरपालिकाका सूचना प्रविधि अधिकृत घनश्यम वास्तोलाले संस्थागत क्षमता स्वमूल्याँकन सम्वन्धी प्रशिक्षण दिनुभएको थियो ।

नगरपालिकाले गर्ने काम,आर्थिक पारदर्शीता,पुरा गरिनुपर्ने प्रक्रिया र विधिका बिषयमा सहभागिहरुलाई तालिम मार्फत जानकारी गराइएको कालिका नगरपालिकाका सूचना अधिकारी प्रकासचन्द्र पौडेलले जानकारी दिनुभयो । नगरपालिकाको संस्थागत स्वमूल्याँकन गरिएको जानकारी दिदै उहाँले सुधार गर्नुपर्ने बिषयलाई आगामी दिनमा ख्याल राख्न यो तालिमले सहयोग पुग्ने पौडेलले बताउनुभयो ।


