चितवन । चितवनको कालिका नगरपालिकामा प्रमुख र उपप्रमुखको उम्मेदवार भएर विधि अनुसार निर्वाचन खर्च विवरण नवुझाउनेहरुको नाम निर्वाचन आयोगले सार्वजानिक गरेको छ ।
आयोगले सार्वजानिक गरेको विवरणमा तिर्नुपर्ने जरिवाना सहितको रकम उल्लेख गरिएको छ । विवरण नवुझाउनेहरुमा ै पराजित भएका उम्मेदवारहरु परेकाछन् ।
नगर प्रमुखको उम्मेदवार भएर खर्च विवरण नवुझाउनेहरुमा स्वतन्त्र कृष्णहरी वुढाथोकी, लोकतान्त्रिक समाजवादी पाटीकी शान्ती गोले, नेपाली काँग्रेसका शिवराम केसी, मंगोल नेश्नल अर्गनाइजेशनका सुव्वालाल तामाँग रहनुभएको छ । सवैलाई जनही ४लाख ५० हजारको दरले जरिवाना तोकिएको छ ।
यसैगरी उपप्रमुखको उम्मेदवार रहेका तर खर्च विवरण नवुझाउनेहरुमा मंगोल नेश्नल अर्गनाइजेशन पाटीकी अमिता थिंग, राष्टिय प्रजातन्त्र पाटीकी वुद्धी लक्ष्मी स्याँगतान, लोकतान्त्रिक समाजवादी पाटीका रामलाल महतो,माओवादी केन्द्रकी सविता लामा रहनुभएको छ । उहाँहरु सवैलाई आयोगले जनही ४ लाख ५० हजारको दरले जरिवाना तोकेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

