चितवन । चितवनको कालिका नगरपालिकामा बजार अनुगमन गरिएको छ । नगरक्षेत्रमा रहेका बजारमा अनुगमन गरिएको हो । बजारमा मूल्यमा एकरुपता नहुँने,मिति सकिएका सामाग्री विक्री वितरण हुने सम्भावना भएकाले उपभोक्ताको हितका लागि वजार अनुगमन गरिएको नगरपालिकाले बताएको छ ।
कालिका नगरपालिकाका सूचना अधिकारी प्रकाश पौडेलका अनुसार नगरक्षेत्रका मुख्य बजारमा अनुगमन भइरहेको हो । सवै व्यवसायको अनुभगन भइरहेको जानकारी दिदै उहाँले दर्ता,नविकरण,मूल्य सूचि र सामानको गुणस्तरलाई समेत अनुगमनमा प्रथामिक्तामा राखिएको जानकारी दिनुभयो ।
हिजो गडुवा र वास्तोला चोक क्षेत्रमा अनुगमन गरिएको थियो । आज पनि बजार अनुगमन भइरहेको जानकारी दिदै पौडेलले यो अनुगमनलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
अनुगमनका क्रममा फेला पारिएका कम गुणस्तरका सामाग्री र मिति सकिएका सामान जफत गरेको उहाँले बताउनुभयो । कालिका नगरपालिकाको नेतृत्वमा भएको अनुगमनमा,उद्योग कार्यालय, स्थानीय प्रहरी र व्यवसायीहरुको प्रतिनिधी समेत सहभागी रहेकाछन् ।

