चितवन । चितवनको कालिका नगरपालिका वडा नम्वर ६ मा रहेको सचेत सिर्जनशील दिदी बहिनी समुहको छैटौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । उदयपुर सामुदायिक बनको उदयपुर पार्कमा आयोजना गरिएको कार्यक्रममा समुहले एक बर्षमा गरेको कामको समिक्षा गरिएको समुहकी सचिव राधीका भण्डारी अर्यालले जानकारी दिनुभयो ।
कालिका नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष टिकाराम रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला नेतृ दुर्गा रायमाझी, अनिता शर्मा, दुर्गा सुवेदी, सम्झना परियार लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
समुहकी उपाध्यक्ष विष्णु शर्माले स्वागत गर्नुभएको कार्यक्रम अध्यष इन्दिरा भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

