चितवन । नेपाल दुधमा आत्मनिर्भर भएको घोषणा गरिएको भएपनि अझै सम्म भारतकै भरमा पर्नु पर्ने अवस्था रहेको छ । सरकारले धूलो दूध र बटरमा आत्मनिर्भरको घोषणा गरे पनि अहिले आयातकै भर पर्नुपरेको छ । धूलो दूध र बटरमा आत्मनिर्भर घोषणा भएको डेढ वर्ष नबित्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिदिन १ लाख ३० हजार लिटर दूध आयात गर्ने प्रस्ताव अर्थ मन्त्रालयलाई गरेको छ ।
‘कृषि मन्त्रालय, दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरीसहितको अध्ययनले बजारमा दुग्ध पदार्थ अभाव भएको निष्कर्ष निकाल्यो । त्यसपछि प्रतिदिन १ लाख ३० हजार लिटर दूध आयात गर्नुपर्ने निर्णयसहित स्वीकृतिका लागि अर्थमा पत्र पठाएको बतायएको छ ।
०७७ चैत दोस्रो साता दुग्ध पदार्थ (धूलो दूध र बटरमा) मा आत्मनिर्भर भएको घोषणा गरिएको भएपनि गत वैशाखदेखि नै यी वस्तुको अभाव देखिएको छ । चाडबाड नजिकिँदै गर्दा बजारमा थप अभाव देखिएको र अभावकै कारण कृषि मन्त्रालय, डीडीसी र निजी डेरी आयात गर्नुपर्ने निष्कर्षमा पुगेका बताइएको छ । सरकारले धुलो दूध र सय ग्राममुनिको बटर आयातमा प्रतिबन्ध लगाएको छ । झोल दूध आयातमा प्रतिबन्ध छैन ।

