काठमाडौँ । नेपाल सरकारले दक्षिण कोरियाबाट उन्नत जातका साँढे र गाई ल्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत साँढे र गाई ल्याउन लागेको हो ।
नेपालमा भएको साढे पुरानो भएकोले यसको प्रयोगबाट जन्मने बाच्छाबाच्छिको गुणस्तर कमजोर भएको, दूध उत्पादन घट्ने भएका कारण विदेशबाठ साँढे र गाई ल्याइन लागेको हेफर इन्टरनेसनलले जनाएको छ । उक्त साँढे र गाई गत वर्ष नै ल्याइसक्नु पर्ने भएपनि प्रक्रियातग झन्झटका कारण ढिला भएको छ ।
कषि मन्त्रालयले विगत पाँच वर्षदेखि हेफर इन्टरनेसनलमार्फत साँढे र गाई ल्याउने प्रयास गरेको थियो । तर अहिले बल्ल सबै कानुनी प्रक्रिया पूरा गरी परराष्ट्र मन्त्रालयमार्फत दक्षिण कोरियालाई पत्र पठाएको छ ।
पत्र गइसकेपछि अब साँढे र गाई आउने कुरामा ढुक्क भएको हेफरले जनाएको छ । साथै कति र कहिले ल्याउने भन्ने कुरा भने अहिले भन्न नसकिने पनि हेफरले जनाएको छ ।

