चितवन । चितवनको सौराहामा पर्यटकको संख्या घटेको छ । आर्थिक संकटको प्रभावका कारण चितवनको सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको संख्या घटेको हो । पछिल्लो समय सौराहा सुनसान जस्तै छ । सौराहाको साना तथा मझौला होटलहरुमा पर्यटक नआएपछि बन्द गर्नुपर्ने अवस्था आएको व्यवसायीहरुले बताएकाछन् ।
देशमा देखिएको आर्थिक संकटको प्रभाव सौराहामा परेको क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले बताउनुभएको छ । बर्षातको समयमा सडक यातायात सहज नहुनुले पनि पर्यटक घटेको उहाँको वुझाई छ ।
सौराहामा १२० वटा पर्यटकीय होटल र ८० वटा रेस्टुरेन्ट छन् । ६ हजार ५०० बेड रहेको सौराहामा ७० हजार पर्यटक राख्न सक्ने क्षमता रहेको छ । होटल, जिप र हात्ती सफारी गरी ५ हजार ५०० कर्मचारी सौराहाको पर्यटन उद्योयमा कार्यरत छन् ।

