– गत साता देशभर धेरैजसो भु-भागहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। प्रदेश नं-१ को झापा जिल्लामा रहेको गैडौं (कन्काई। केन्द्रमा ५०२.७ मि.मि. वर्षा मापन भएको छ।
– देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापकम १० डि.से. भन्दा बढी मापन गरिएको छ।
– तराईका केही भू-भागहरुमा २० डि.से. भन्दा बढी अधिकतम तापक्रम र धेरैजसो भू-भागहरुमा २५ डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
– साताभरी नै देशभर सामान्य बदली रहने संभावना छ।
– साताको शुरु तथा मध्यमा देशको हिमाली, पहाडी र तराईका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै प्रदेश नं-१, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर-पत्रिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चटयाङ सहित भारी वर्षाको पनि संभावना रहेको र साताको अन्त्यमा देशका हिमाली, पहाडी र तराईका केही स्थानहरुमा हल्का वर्षाको संभावना हिमाली भू-भागको अधिकतम तापक्रम तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तथा पहाडी र तराई भू-भागमा अधिकतम तापक्रम तथा न्युनतम तापक्रम हल्का बढ्ने संभावना छ।

