काठमाडौँ । विभिन्न कार्यक्रम गर्दै विश्व दूध दिवस मनाइँदै छ । विश्व दूध दिवस जुन १ मा भए पनि आजदेखि नै विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको हो । आज मिडिया रिपोर्टस क्लब मार्फत प्रचार प्रसार गरिएको छ भने मङ्गलवार वृद्ध अवस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी, आमाघर (सोल्टीमोड) मा दूध तथा दुग्धपदार्थ वितरण गर्ने कार्यक्रम रहेको राष्ट्रिय दूग्ध विकास बोर्डले जनाएको छ ।
यस्तै सोही दिन नै तुलसालय आश्रम, चांगुनारायण, भक्तपुर लाई दूध तथा दुग्धपदार्थ वितरण, दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन विषयक मा.वि.स्तरीय उपत्यका व्यापी बक्तृत्व कला प्रतियोगिता हुने छ ।
त्यस्तै जेठ १८ गते विश्व दूध दिवस समारोह एवं दुग्ध क्षेत्रमा योगदान पु¥याउने विशिष्ट व्यक्तिहरूको सम्मान गरिने छ । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पु¥आएको योगदानको मनन गर्दै दूध माथिको पहुँच बढाउन खाद्य तथा कृषि सङ्गठनले जुन १, २००१ वाट विश्व दूध दिवस मनाउन सुरु गरेको हो ।
नेपालमा पनि जनतालाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले सन् २०११ बाट विश्व दूध दिवस मनाउन सुरु गरिएको हो ।
विश्व दूध दिवस मनाउनुको उद्देश्य दैनिक गुणस्तरीय दूध पिउन जनचेतना जगाउन, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार प्रसार गर्न, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न जनचेतना जगाउन र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पु¥याउन पहल गर्न रहेको पनि बोर्डले जनाएको छ ।

