काठमाडौँ । भारतले गहुँपछि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। आगामी जुन १ बाट लागु हुनेगरी चिनी निर्यातमा रोक लगाएको भारतिय संचार माध्यामहरुले जनाएका छन् ।
भारतले घरेलु मागलाई सम्बोधन गर्न भन्दै यस्तो प्रतिबन्ध लगाएको हो । तर चिनी उत्पादनको सिजनमा भने एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ। सन् २०२१ अक्टुबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने छ ।
भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपालमा पनि प्रभाव पर्ने देखिन्छ। हाल नेपालमा वार्षिक करिब दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत भइरहेको छ। यसमध्ये करिब एक लाख ३० हजार स्वदेशी उत्पादनले धानिरहेको छ। बाँकी विभिन्न मुलुकबाट आयात गरिन्छ।

