चितवन । वर्षाको समयमा तरकारीहरुको उचित मुल्य नपाउने मात्रै नभएर तरकारीहरु छिट्टै कुहिएर जाने समस्या पनि हुन्छ । भारत तथा अन्य बाहिरी मुलुकबाट दिनदिनै तरकारी तथा खाद्य वस्तुहरु भित्रिन छाडेको छैन् । तर, नेपाली उत्पादनले बजारीकरणको च्यानल नपाउदा भाउँ नपाउनै समस्या हट्न सकेको छैन् । नेपालका किसानहरुले उत्पादन गरिरहेका लौका, क्राका, घिरौला जस्ता तरकारीहरु कम मुल्यमा समेत विक्री नहुदा किसानहरु समस्यामा परेका छन् ।
हरेक वर्ष मुल्य नपाएर कुहिदै जाने गरेका समस्याहरु आइरहदा पनि सम्वन्धित निकायको ध्यान गएको देखिदैन । बाहिरबाट आउने तरकारीहरुमा रोक लगाई नेपालमा उत्पादन भैरहेका तरकारीहरु उपभोगमा ध्यान नदिएमा अव आउने वर्षहरुमा पनि यस्ता समस्याहरु नदोहोरियलान भन्न सकिन्न । सोही समस्या खेपिरहेका किसानहरु मध्ये चितवन महानगरपालिका–७ का किसानहरु अहिले तरकारी विक्रि नहुदा चिन्तामा छन् ।
तीन वर्षयता ‘युवा आधुनिक सामुहिक खेती’ नामक संस्थामा १८ जना किसानहरु संलग्न भएर खेती गरिरहेका छन् । चितवनका किसानहरुले सय विघा जग्गामा सामूहिक खेती गर्दै आएका छन् । लौका, घिरौला, क्राका, करेला, टमाटर, चिचिन्ना लगायतका तरकारीहरु लगाउदै आएका किसानहरु यतिखेरमा तनाबमा छन् । बारीमा सबै आएर खरीद गर्ने र विक्रि गर्न बाँकी रह्यो भने मात्रै उनिहरुले बाहिर लगेर बेच्ने गरेका थिए ।
४ विघा जग्गामा लौका मात्रै रोपेका थिए । जसमध्ये पचास प्रतिशत विक्रि गरिसकेपनि बाँकी ५० प्रतिशत तरकारी अर्थात ५० क्विन्टल फ्याल्नुु पर्ने अवस्थमा पुगेका छन् । हलो खवर

