चितवन । चितवनको कालिका नगरपालिका वडा नम्वर ३ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार शिवराम केसी अगाडी देखिएकाछन् । २३९० खसेको मत खसेको यस वडामा अहिले सम्म १०० मत गणना गरिएको छ ।
नगरप्रमुखका उम्मेदवार एमालेका बिनोद रेग्मी १३ र गठबन्धन (कांग्रेस) शिवराम केसी ३४ उप प्रमुखमा एमालेको बिमला लामा १४ र गठबन्धन (माओवादी केन्द्र) सबिता लामाको ३३ मत आएको छ ।
वडा अध्यक्षमा एमालेको हरि प्रसाद अधिकारीको १३ र गठबन्धन (माओवादी केन्द्र) बिरेन्द्र तामाङ ३१ मत आएको छ ।

