काठमाडौँ । इलामको सन्दकपुर गाउँपालिकामा किसान सुचिकरण कार्यक्रम सुरु भएको छ । किसान सूचीकरण सम्बन्धि सोमबार एक कार्यक्रमको आयोजना गरेर किसान सूचीकरणको काम थलिएको हो ।
इलाम जिल्लाको सन्दकपुर गाउँपालिकाको कृषि विकास शाखाको आयोजना तथा कृषि ज्ञान केन्द्र इलामको प्राविधिक सहयोग तथा समन्वयमा किसान सूचीकरणको सफ्ट्वेयर सन्चालनका लागि गणकहरुलाइ तालिम दिने कार्य सुरु भएको छ।
हाल इलामको इलाम नगरपालिकामा ११०५ जना, सुर्योदय नगरपालिकामा ७०७ जना र माइजोगमाइ गाउँपालिकामा २२१ जना गरि जम्मा २०३३ जना कृषकहरु अन्लाईन प्रणालीमा सुचिकृत भैसकेका छ्न् ।

