काठमाडौं । नेपाल फारमर्स एडभाईजरी काउन्सिल प्रालिले कृषि तथा पशुपन्छीको क्षेत्रमा उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यका साथ ५ दिने दुग्ध पदार्थ विविधिकरणसम्वन्धी तालिम सचालन गर्ने भएको छ ।
काउन्सिलले दुग्ध व्यवसायी कृषकहरुलाई उद्यमी तथा व्यवसायी बनाउनकालागि ५ दिने तालिम गर्न लागेको कम्पनीका अध्यक्ष तथा पूर्व कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले जानकारी दिए । ईच्छुक दुग्ध व्यवसायी कृषक, उद्यमी तथा व्यबसायीले निबेदन फारामभरि काउन्सिलको वेभसाईट www.farmerscouncilnepal.com वाट डाउनलोड गर्न सक्नेछन् । भरिएको फार्म Email:farmerscouncil2021@gmail.comको इमेलमा समेत पठाउन सकिने सो कार्यलयले जानकारी दिएको छ ।
थप जानकारीकोलागि मोबाईल न ९८४१३६३३९९ मा समेत सम्पर्क राख्न सकिनेछ । फारम भर्न यहाँ क्लिन गर्न सक्नुहुनेछ ।
आवश्यक डकुमेन्टहरु
१ तोकीएको ढाचामा निबेदन ।
२ नेपाली नागरीकताको प्रमाण पत्रको प्रतिलिपि ।
३ सस्थागत सहभागी भएमा सस्थाको सिफारीस पत्र ।
४ दर्तावाला सहभागी भएमा दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
५ तालिम खर्चको श्रोत वा आधार ।

