खोटाङ । खोटाङमा नक्कली मह बिक्री गर्ने एकजना पक्राउ परेकाछन् । दिक्तेलबजारमा महजस्तो देखिने पदार्थ बिक्री गरिरहेको अवस्थामा १३ वर्षीय एक बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताउनुभयो ।
स्थानीयबाट नक्कली मह बिक्री गरिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाईलाई महजस्तो देखिने ५ केजी पदार्थसहित शनिबार पक्राउ गरेको हो । नक्कली मह बिक्री गरिरहेका अर्का एक जना फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

