काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य ऐन उल्लङ्घन गर्ने विरुद्ध ३८ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको छ । विभागले अर्धवार्षिक अवधिको प्रगति विवरण सार्वजनिक गर्दे अर्ध वार्षिक अवधिमा खाद्य ऐन उल्लङ्घन गर्ने ३८ विरूद्ध मुद्दा दायर गरिएको जनाएको हो । न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसूरमा ११ थान मुद्दा दर्ता गरिएका छ ।
जसमध्ये दुध तथा दुग्ध पदार्थका १३ वटा, मसला पदार्थको ५ वटा प्रशोधित पिउने पानीको ५ वटा, खाद्यान्न दलहन तथा सोबाट बनेको पदार्थ १५ वटा, चियाका ४ वटा, महको १ वटा, सोयासको १ बटा तेलको १ वटा, दाना पदार्थको ३ वटा छन्।
कुल ३८ थान मुद्दाहरुमध्ये १९ वटा मुद्दाहरू दुषितका, १० वटा मुद्दाहरू न्यून गुणस्तरका १ पटा मुद्दा अनुज्ञापत्र नलिएर कारोबार गरेको र ७ वटा मुद्दा विवरण नमिलेका तथा १ बटा मुद्दा खाद्य ऐन नियम निर्देशिका सम्बिन्धि छन्।

