काठमाडौँ । रासायनिक मलले अन्तर्राष्ट्रिय बजारमा कीर्तिमानी मूल्य कायम गरेको छ । युरोप तथा अमेरिकी देशमा रासायनिक मलको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेपछि यसले खाद्य क्षेत्रमा मूल्यवृद्धिको संकट निम्त्याउने अनुमान गरिएको छ ।
ब्लुमबर्गका अनुसार उत्तर अमेरिकी र युरोपका केही मुलुकमा गत अक्टोबरमै रासायनिक मलको मूल्यमा वृद्धि देखिन थालेको थियो । यो क्रम अहिले पनि निरन्तर छ । गत नोभेम्बरको पहिलो साता ‘नर्थ अमेरिका फर्टिलाइजर प्राइस इन्डेक्स’ मा रासायनिक मलको मूल्य प्रतिटन ९ सय ९७ अमेरिकी डलरसम्म पुग्दा नै हालसम्मकै उच्च अंक ठानिएको थियो । तर डिसेम्बर ३ सम्ममा यो मूल्य बढेर १ हजार ११७ अमेरिकी डलर कायम भएको देखिन्छ । पछिल्लो तीन दिनयता भने मूल्य केही घटिरहेको छ ।
मलमा देखिएको यो मूल्यवृद्धिले खाद्य क्षेत्रको मुद्रास्फीति बढाउने अनुमान गरिएको छ । ग्लुमबर्ग ग्रिन मार्केटका अनुसार अमेरिकामा मकैको उत्पादन लागत १६ प्रतिशतसम्म बढ्नेछ ।रासायनिक मलको मूल्य बढ्नुको मुख्य कारण भने प्राकृतिक ९नेचुरल० ग्यासको अभाव हुनु हो ।

