काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार ४ हजार ४५४ नमुना परीक्षण उक्त संख्यामा संक्रमित फेला परेका हुन् । २ हजार ७७८ पीसीआरमा ४१८ र १ हजार ६७६ एन्टीजेन परीक्षणमा १४६ जना संक्रमित फेला परेका छन् ।

