चितवन । कालिका नगरपालिकामा एमालेका मेयर र गठबन्धन अन्तर्गत (नेपाली काङ्ग्रेस) का उम्मेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ ।
कालिकाको ११ वटा वडा मध्ये ७ वटा वडा गणना हुँदा एमालेका मेयरका उम्मेदवार बिनोद रेग्मीले ३७१६ मत र गठबन्धन अन्तर्गत (नेपाली काङ्ग्रेस) का शिवराम केसीले ३७१९ मत प्राप्त गरेका छन ।
हाल सम्मको परिणाम अनुसार केसी ३ मतले अगाडी रहेका छन । त्यस्तै गरि उपमेयरमा एमालेकि बिमला लामाले ३६२५ र गठबन्धन अन्तर्गत (माओबादी केन्द्र) कि सबिता लामाले ३५२२ मत प्राप्त गरेकी छन । उपमेयरमा एमालेकि लामा १०३ मतान्तरले अगाडि रहेकी छन ।
अहिले सम्म कालिकाको १, २, १० र ११ नम्बर वडाको गणना सम्पन्न भई सकेको छ भने ३, ४, ८ र ९ नम्बर वडाको गणना भैरहेको छ ।

