चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २१ मा रहेको रारा कृषि सहकारी संस्थाले नयाँ बर्षको अवसरमा शुभकामनासंगै सहकारी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीका सदस्यहरु सहभागि रहेको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किसोर बगाले,भरतपुर महानगरपालिका सहकारी रोजगार तथा प्रवद्र्धन शाखाका रामबाबु पौडेल, भरतपुर महानगरपालिका कृषि तथा पशुपंक्षी पर्वद्धन शाखाका डा सन्तोष घिमिरे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष वुद्धिनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्वर २१ का वडा अध्यक्ष कृष्ण कुमार गुरुङ्ग प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा सहकारी सञ्चालन, दिगो व्यवस्थापनका बिषयमा छलफल समेत भएको संस्थाकी व्यवस्थापक मुना धितालले जानकारी दिनुभयो ।
कार्यक्रममा पशुपालनका बिषयमा वगाले,पशुमा लाग्ने रोग तथा रोकथामका उपाय र पशु आहाराका बारेमा डा घिमिरे,सककारीमा वचत तथा ऋण र सहकारीमा उद्यमशिलताका बिषयमा पौडलेले सहजीकरण गर्नुभएको धितालले जानकारी दिनुभयो । २०५१ सालमा स्थापना भएको रारा कृषि सहकारी संस्थामा अहिले एक हजार तीन सय जना शेयर सदस्य रहेकाछन् ।

