चितवन । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा सहकारी नियमनसम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला सहकारी संघ लि चितवनको सभाहलमा भएको उक्त कार्यक्रम संघका अध्यक्ष विद्या कोइरालाको अध्यक्षतामा र जिल्ला सहकारी संघका कार्यवाहक अध्यक्ष प्रेमनाथ दवाडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा नेफस्कुनका पूर्व सञ्चालक तथा संघका सल्लाहकार भरतप्रसाद दवाडी, जिल्ला सहकारी संघका कोषाध्यक्ष पदमपाणी सुवेदी, लेखा सुपरीवेक्षण समितिका संयोजक मीनप्रसाद सुवेदीलगायतको उपस्थिति रहेको थियो । संघका पूर्व अध्यक्ष एवं सल्लाहकार तेजेन्द्रबहादुर खड्काले सहजीकरण गर्नुभएको कार्यक्रममा राष्ट्र बैंक र राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी निर्देशनहरूबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो ।
जिल्लाका ८८ वटा सदस्य सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी १४२ जना सहभागी रहेको कार्यक्रमको सञ्चालन नारायणप्रसाद कंडेलले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा संघका उपाध्यक्ष इश्वरी शर्मा ढकालले सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।


