चितवन । चितवनको कालिका नगरपालिकामा रहेको सुरक्षित बचत तथा ऋण सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ९४ जनाले रक्तदान गरेकाछन् । सहकारीको पन्ध्रौँ साधारण सभाको अवसरमा कालिका नगरपालिका वडा नम्वर ६ खोलेसिमल बजारमा रहेको मुख्य कार्यालय परिसरमा रक्तदान कार्यक्राम राखिएको थियो । कार्यक्रममा १९ जना महिला सहित ७५ जना पुरुषले रक्तदान गरेका कार्यक्रम संयोजक लालु प्रसाद दहालले बताउनुभयो ।
सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौँ साधारण सभा असोज ३ गते हुँदै छ । ४ हजार ६ सय १० जना शेयर सदस्य रहेको यस सहकारीको मुख्य कार्यालय बाहेक ४ वटा सदस्य सेवा केन्द्र रहेको सहकारीका अध्यक्ष ओम लामिछानेले बताउनुभयो । पदमपुर,लाहुरेचोक,टाँडी र भरतपुरमा सदस्य सेवा केन्द्र रहेको उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

