काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी विकास बोर्डमा ५ जना सदस्य नियुक्त गरेका छन् ।
बोर्डका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले बिहीबार विभिन्न प्रदेशबाट प्रतिनिधित्व हुनेगरी सदस्य नियुक्त गर्नुभएको हो । सुदूरपश्चिम प्रदेशबाट दशरथ भण्डारी, लुम्बिनी प्रदेशबाट सन्दीप सापकोटा, गण्डकी प्रदेशबाट पोषणराज सुवेदी, बागमती प्रदेशबाट केदार मानन्धर र मधेश प्रदेशबाट शम्भुबहादुर खड्का नियुक्त गर्नुभएको हो ।
यसअघि केन्द्रीय संघका तर्फबाट नेपाल कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेम पाठक र जडिबुटी केन्द्रीय सहकारी संघका अध्यक्ष ईश्वरी पाण्डे बोर्ड सदस्यमा नियुक्त भएका थिए । बोर्ड सदस्यको कार्यकाल २ वर्षको हुनेछ । अब बोर्डमा सम्बन्धित विषयमा विशेषज्ञबाट एक जनाको पद रिक्त रहेको छ ।

