चितवन । नुवाकोट जिल्ला तादी गाउँपालिका वडा नम्वर ६ का इश्वर गजुरेल अहिले वाख्रा पालनमा रामाउन थाल्नुभएको छ । तिन बर्ष अगाडी रोजगारीका लागि नेपाल छाडेर साउदी पुग्नुभएका गंजुरेललाई तिन महिना पनि विदेशमा काम गर्ने वातावरण भएन । विदेशबाट फर्किएपछि उहाँले गाउँमै वाख्रा पालन गर्ने सोच बनाउनुभयो ।
६ वटा वाख्राबाट सुरु गर्नुभएको उहाँको खोरमा अहिले ५० वटा वाख्रा पुगेकाछन् । वाख्रापालनको लागि १० लाख रुपैया लागनी गरिसकेको गंजुरेलले बताउनुभयो । १८ रोपनीमा घाँस खेती गरेको जानकारी दिदैँ उहाँले विभिन्न प्रजातीका घाँस लगाएको जानकारी दिनुभयो ।
गंजुरेल कृषि तथा पशुपंक्षी फर्म स्थापना गरी उहाँले व्यवसायीक रुपमा पशुपालन गर्दै आउनुभएको छ । अझै धेरै वाख्रा थप गर्ने र वाख्रासंगै लोकल कुखुरालाई पनि व्यवसायीक रुपमा पालन गर्ने उहाँले बताउनुभयो । विदशेमा गर्ने दुःख नेपालमा गर्न सके प्रसस्त सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।
अहिलेसम्म स्थानिय सरकारले प्राविधिक र आर्थिक सहयोग नगरेको जानकारी दिदैँ उहाँले कुनै समय सरकारले पक्कै सहयोग गर्ने छ भन्ने अपेक्षा राखेको बताउनुभयो । अहिलेसम्म लगानी मात्र भएको र अवका दिनमा आम्दानी प्राप्त हुने अपेक्षा राखेको उहाँले बताउनुभयो ।

