व्रुडिङ्ग भनेको के हो ?
१ दिन देखि १४ दिन सम्मको चल्लालाई उपयुक्त तापक्रम दिने प्रक्रिया नै व्रुडिङ्ग हो। व्रुडिङ्गमा प्रर्याप्त दाना पानीको उपलब्धता, प्रकाशको व्यवस्था, स्वच्छ हावाको व्यवस्था, उचित तापक्रम महत्वपूर्ण रहन्छन। ब्रुडिङ्ग गर्मी महिनामा १० दिन र जाडो महिनामा कम्तिमा १५ दिन गरिन्छ ।
चल्लाको शरीरको सुरुको १४ दिन चल्लाका जीवनको संवेदनशील दिनहरु हुन जसमा चल्लाले आफ्नो शरीरको तापक्रमको विकास गर्न थाल्छन् र वातावरणमा अनुकुलित हुदै जान्छन ।
व्रुडिङ्ग कसरी गर्ने?
चल्लालाई व्रुडिङ्ग गर्नको लागि ठाँउ तयार गर्ने
-घाममा सुकाएर राखेको भुस कम्तिमा ३ इन्च बाक्लो बिच्छ्याउने र वरिपरि १६–१८ इन्च अग्लो चिक गार्डले घेर्ने ।
-सोत्तरमाथि पत्रिका ओच्छ्याइ दाना, पानीको भाडाँहरु एवं व्रुडर मिलाएर राख्ने ।
-खोरमा प्रयोग हुने उपकरणहरु (बिजुली बत्ती, होबर ,दानापानीका भाडाँहरु) ले सहि काम र सहि मात्रामा भए नभएको जाँच गर्ने ।
-गर्मीमा चल्ला आउन १२ घण्टा र जाडोमा २४ घण्टा अगाबै व्रुडिङ्ग गर्ने ठाँउ तताउने ।
तापका श्रोतहरु
ब्रुडिङ खोरको तापक्रम ठिक भए नभएको पत्ता लगाउने तरिका
-चल्लाहरु बराबर रुपले खोरको चारैतिर फैलिएर बसेका छन भने तापक्रम ठिक छ भन्ने बुझिन्छ ।
-चल्लाहरु ब्रुडर भन्दा टाढा भित्तापट्टी भिड गरेर बसेका छन भने तापक्रम बढी भएको बुझिन्छ । यस्तो अवस्था आए ब्रुडरको तापक्रम घटाउनु पर्दछ ।
-चल्लाहरु ब्रुडरको नजिकै एकैठाउँमा थुप्रिएर बसेका छन भने तापक्रम कम भएको भन्ने बुझिन्छ । यस्तो अवस्था आए ब्रुडरको तापक्रम बढाउनुपर्दछ ।
दानापानी को व्यबस्था
-पहिलो दिनबाटनै चल्लालाई दाना चिक फिडर÷चिक ट्रेमा दिने ।
अथवा
नाङ्गलो, चल्लाको कार्टुन र पत्रिकामा दाना नदिन
-चल्लालाई पहिलो १ हप्ता उमालेर मनतातो पारेको पानीमात्र दिनु पर्दछ ।
सामान्यतयाः १०० गोटा चल्लालार्ई २ ओटा सानो ड्रिङकर र ३ वटा सानो फिडर प्रति १०० चल्लाको लागि उपलब्ध गराउनु राम्रो हुन्छ ।
भेन्टिलेसन व्यवस्थापन
चल्ला राख्ने ठाउमा हावाको राम्रो संग आवातजावात हुनु पर्दछ र राम्रो संग आवातजावात भएन भने चल्लालाई इहथनभल पुग्दैन । चल्लाको सुलीबाट निस्कने अमोनिय ग्यस हानिकाराक हुन्छ जसलाई निकाल्न राम्रो भेन्टिलेसनको जरुरी हुन्छ।
प्रकाशको व्यवस्थापन
कुखुराको खोरमा प्रयाप्त प्रकाशको व्यवस्था मिलाउनु पर्दछ, ताकी चल्लाहरुलाई दाना पानी खानको लागि कुनै वाधा नपुगोस । साधारणतया आँखालाई वल नपारकिन चल्लाको सतहमा राखिएको पत्रिका पढ्न सकिन्छ भने त्यहाँ प्रयाप्त प्रकाश छ भन्ने बुझिन्छ ।

