चितवन । चितवनको रत्ननगरमा पशुअधिकारकर्मीहरूको भेलाले पूर्वी चितवनस्तरीय पशु कल्याण सुरक्षा समिति गठन गरेको छ । वसन्त राना संयोजक रहेको सो समितिको सदस्यहरूमा वेदप्रसाद आचार्य, सरस्वती लामा, किरण कुँवर, पुष्पराज पौडेल, चिरण शर्मा र पुकार कुँवर रहनुभएको छ ।
पूर्वी चितवनमा पशुपक्षी कल्याण, मानव स्वास्थ्य हित तथा कल्याणको पैरवी गर्ने उद्देश्यले संस्था स्थापना गरिएको संयोजक रानाले जानकारी दिनुभयो ।संस्थाको मुख्य कार्यालय ललितपुरमा रही १३ जिल्लामा सम्पर्क कार्यालय रहेको र चितवनको भरतपुरमा कार्यालय स्थापना गरी काम भइरहेको संयोजक रानाले जानकारी दिनुभयो।
राना संयोजक रहेको समितिले रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा पशुहित, कल्याण, ओसारपसारदेखि उनीहरुले महसुस गर्ने शारीरिक तथा मानसिक पीडाजन्य काम गर्न निरुत्साहित गर्ने गरी काम अगाडि बढाउने समितिकी सदस्य सरस्वती लामाले जानकारी दिनुभयो ।

