काठमाडौँ । स्याङ्जाको वालिङस्थित न्यू गाउँबेंसी बहुउद्देश्यीय सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा किसानलाई कृषि औजार वितरण गरेको छ । सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराको ५० प्रतिशत अनुदान सहयोगमा सहकारीमार्फत किसानलाई कृषि औजारहरू वितरण गरिएको हो ।
कृषकहरूको माग र आवश्यकताका आधारमा सहकारीमार्फत ११ वटा कम्बाईण्ड मिल र सात वटा हाते ट्रयाक्टर वितरण गरिएको सहकारीले जनाएको छ । ५४ हजार मुल्यको औजारलाई २७ हजार रजिष्टार कार्यालय र २७ हजार कृषक समूहले ब्यहोर्नेगरी औजार दिइएको छ ।

