धनुषा । धनुषामा छिटो पाक्ने र बढी उत्पादन दिने धानका जातको परीक्षण सुरु गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत हर्दिनाथस्थित कार्यक्रमले ‘कोपिया परियोजना’ मार्फत बटेश्वरका किसानसँग सहकार्य गर्दै परीक्षण अघि बढाएको हो ।
जलवायु परिवर्तनका चुनौतीलाई ध्यानमा राख्दै गरिएको यस परीक्षणमा किसानले आफ्नै खेतमा विभिन्न जातका धान रोपेर उत्पादन, वृद्धि र रोगप्रतिरोधी क्षमता परीक्षण गरिरहेका छन् । सफल भए किसानले समयमै बाली भित्र्याएर प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

