काभ्रेपलाञ्चोक — बनेपाको धनेश्वरमा बद्री अधिकारीले दुई दशकदेखि ‘मोसो’ जातको बाँसको व्यावसायिक उत्पादन गर्दै आएका छन्। यस वर्ष मात्र उनले १० हजार बिरुवा उत्पादन गरेका छन्। चीनबाट बीउ ल्याएर उत्पादन गरिने यो बाँसको बिरुवा प्रतिवटा रु २०० देखि ४०० सम्ममा बिक्री हुँदै आएको छ।
भू–क्षय रोकथाम, हस्तकला र तरकारीका रूपमा प्रयोग गर्न मिल्ने यो जातको बाँस झ्याङ नहुने, बलियो र अग्लो हुने विशेषताले चिनिन्छ। अधिकारीद्वारा उत्पादित बिरुवा हालसम्म १५ भन्दा बढी जिल्लामा रोपिएको छ भने खोटाङमा मात्रै पाँच हजार बिरुवाको माग आएको छ।

