काठमाण्डौ / काठमाण्डौमा आँप महोत्सव शुरु भएको छ। किसान भेञ्चर र काठमाण्डौ अर्गानिक्सको संयुक्त आयोजनामा आँप महोत्सव भएको हो ।महोत्सव आइतवारसम्म चल्ने छ ।
काठमाण्डौ अर्गानिक्सको कार्यालय बाँसबारी, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू प्रदर्शनी एवम् बिक्रीमा राखिएको अयोजकले जनाएकाछन् । तीनवटै ठाउँमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म आँपको प्रदर्शनी र बिक्री भइरहेको छ ।
नेपाली आँपको प्रचलन बढाउन, नेपाली किसानलाई प्रोत्सहन गर्न र उपभोक्ताहरूलाई विषादीरहित स्वास्थ्य आँपको पहुँच पुर्याउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार सर्लाही, सप्तरी र सिराहाका ५० जना किसानबाट आँप ल्याएर महोत्सव गरिएको हो ।
महोत्सवमा प्राकृतिक रूपमा पाकेका वा पकाइएका मालदह, जर्दा, बम्बई, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ प्रकारका आँपहरू उपलब्ध रहेको आयोजकले जनाएको छ ।

