चितवन / चितवनको कालिका नगरपालिकामा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको विशेष साधारण सभा–२०८० बाट संचालक समिति, लोखा सुपरिवेक्षण समितिको विभिन्न पदमा सर्वसम्मत रुपमा नेतृत्व छनौट गरिएको छ ।
संस्थाको अध्यक्षमा लालु प्रसाद दाहाल निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा टंक बहादुर थापा, सचिवमा भिम प्रसाद लामिछाने, कोषाध्यक्षमा विद्याधर बास्तोला निर्वाचित हुनुभएको छ ।
यसैगरी संचालक समिति सदस्यमा नर बहादुर घर्ती (जि.सी.) रिता देवि सुवेदी ओझा, किशोर अधिकारी, रामकृष्ण लम्साल, सुभाष खनाल, मेघ प्रसाद पन्त, विष्णु प्रसाद गौतम निर्वाचित हुनुभएको छ ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा होम प्रसाद भट्ट, सदस्यहरुमा विमला पाण्डे (बन्जरा), अर्जुन बहादुर अधिकारी निर्वाचित हुनुभएको निर्वाचन संयोजक केशव लामाले जानकारी दिनुभयो ।


