काठमाडौं / नेपाली कांग्रेसका सांसद दिपक गिरीले जुनसुकै दलमा लागेको र जतिसुकै शक्तिशाली भएपनि सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले ‘ग्यालेक्सी टिभीको अध्यक्ष रहेको जिबी राइ समूहले पोखराका १८ हजार बढी बचतकर्ताको एक अर्ब ३५ करोड हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको’ स्मरण गरे । पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाबाट अपचलन गरेको भनी जाहेरी पनि परेको तर, कारबाही प्रक्रिया अगाडि नबढेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् ।
सांसद गिरीले सहकारी विभागका अनुसार ३१ जार बढी सहकारी नेपालमा रहेको र तिनमा ७४ लाख सदस्यहरु आवद्ध रहेको स्मरण गरे । उनी प्रश्न गर्छन, ‘ती मध्ये १४ लाख सदस्यहरु आफूले खाइ नखाइ बचत गरेको रकम डुबेको गूनासो गरिरहेका छन् । सहकारी पीडितलाई न्याय दिलाउने जिम्मेवारी सरकारको होइन र ?’

