चितवन / चितवनको कालिका नगरपालिका पशु सेवा शाखाले कृषकहरुका लागि बाख्रा , गाई भैसी पालन सम्वन्धी तालिमको अयोजना गरेको छ । विभिन्न वडाहरुमा चरणवद्ध रुपमा कार्यक्रम भइरहेको पशु सेवा शाखाले जानकारी दिएको छ ।

वडा नं. ९ शक्तीखोरमा रहेका कृषकहरुलाई बाख्रा पालन सम्वन्धी तालिम दिइएको पशु सेवा शाखा प्रमुख इश्वारी पौडेलले जानकारी दिनुभयो । बाख्राका जातहरू, बाख्रामा लाग्ने आन्तकिर तथा बाहिरी परजिबि, विभिन्न संक्रामक रोगहरू, पशु आहार तथा पोषण र पशु बिमा बारे जानकारी जानकारी गराइएको उहाँले बताउनुभयो ।

यसैगरी कालिका नगरपालिका वडा नं. १ र ८ मा रहेका कृषकहरुका लागि भैसी पालन सम्वन्धी तालिम सम्पन्न गरिएको छ । गाईभैसीका स्थानिय र उन्नत जातहरू,आहारा ब्यवस्थापन,परजिबिहरूको असर र सामाधानको उपाय,विभिन्न संक्रामक रोगहरू बारे जानकारी साथै रोकथाम, नियन्त्रणको उपाय र पशु बिमाका बिषयमा जानकारी दिइएको पौडेलले जानकारी दिनुभयो ।

पौष १६ गते वडा नं ८ मा, २० गते वडा नं १ र २५ गते वडा नं ९ मा पनि यो तालिम संचालन भएको उहाँले जानकारी दिनुभएको छ । कार्यक्रममा कृषकहरुको उत्साहजनक सहभागिता रहेको बताउदैँ उहाँले व्यवसायीक रुपमा पशुपालन गरिरहेका कृषकहरुहरुका लागि यो तालिम प्रभावकारी भएको जानकारी दिनुभयो ।

तालिममा पशु सेवा शाखा प्रमुख ईश्वरी प्रसाद पौडेल,डा. राजु प्रसाद न्यौपाने, डा.अनुप श्रेष्ठ, पशु सेवा प्राबिधिक हरिलाल डाँगी र पशु सेवा प्राविधक विश्व प्रकाश पौडेलले प्रशिक्षण दिनुभएको थियो ।


