चितवन / चितवनको माडी नगरपालिकाले तिहारमा प्लास्टिकका फूल प्रयोग नगर्न नागरिकलाई अनुरोध गरेको छ । नगरपालिकाले सूचना सार्वजनिक गर्दै सो अनुरोध गरेको हो ।
नगरपालिकाले माडी सयपत्री, मखमलीलगायतका फूलमा आत्मनिर्भर भएकोले प्लास्टिकका कृत्रिम फूलहरु चडपर्व, उत्सव तथा मेला महोत्सवहरुमा प्रयोग नगर्न र नगराउन सम्पूर्ण नगरबासीमा सूचनमार्फत अनुरोध गरेको छ ।

