चितवन । चितवनको कालिका नगरपालिकामा लम्पी स्किन रोगविरुद्धको खोप लगाइने भएको छ । पशुमा लाग्ने रोग ‘क्याप्री फोक्स’ नामक जिवाणुका कारणसर्ने लम्पी स्किन रोग फैलिन थालेपछि कालिका नगरपालिकाले निशुल्क भ्याक्सीनसेवा दिने तयारी गरेको सूचना मार्फत जानकारी गराएको छ ।
साउन २५ गतेदेखि घरघरमै पुगेर पशुहरुलाई भ्याक्सीन दिने तयारी गरिएको कालिका नगरपालिकाको पशु शाखा प्रमुख इश्वरी प्रसाद पौडेलद्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । प्राविधिक सहितको टोलीघरघरमै पुगेर सेवा दिने तयारी नगरपालिकाले गरेको छ ।
कालिकामा सानाठूलागरी १ हजार ८० वटा पशुमा यो संक्रमण देखिएको छ । सबैभन्दाबढी गाईमा यो संक्रमण देखिएको छ । पौडेलका अनुसार रोगका कारण कालिकामा मात्रै ११ वटा गाई मरेका छन् । वडा नं. ११ मा सबैभन्दा पहिला यो संक्रमण देखिएको थियो । स्थानीय जातको गाईमा देखिएको यो संक्रमण अहिले कालिकाको धेरैजसो वडामा फैलिँदै गएको छ ।

