चितवन । चितवनको कालिका नगरपालिकामा पशुमा लाग्ने रोग ‘क्याप्री फोक्स’ नामक जिवाणुका कारणसर्ने लम्पी स्किन रोगका कारण ११ वटा गाइ मेरका छन् । नगरपालिकाले सार्वजानिक गरेको तथ्याँक अनुसार यो रोगका कारण पालिकामा एक हजार ८० पशुमा संक्रमण देखिएको छ । कालिकामा गाईसंगै भैसीमा पनि लम्पी स्किन रोग देखिएको छ ।
कालिको वडा नं. ११ मा सबैभन्दा पहिला यो संक्रमण देखिएको थियो । स्थानीय जातको गाईमा देखिएको यो संक्रमण अहिले कालिकाको सवै वडामा फैलिँदै गएको छ । सबैभन्दाबढी कालिकाको वडा नं. ५ र ६ मा बढी देखिएको कालिका नगरपालिका पशु शाखा प्रमुख इश्वरी पौडेलले बताउनु भएको छ ।
यो रोग फैलिन थालेपछि कालिका नगरपालिकाले निशुल्क भ्याक्सीनसेवा दिने तयारी गरेको बताएको छ । साउन २५ गतेदेखि घरघरमै पुगेर पशुहरुलाई भ्याक्सीन दिने तयारी गरिएको पौडेलले बताउनुभएको छ । नगरपालिकाले ८ हजार पशुलाई भ्याक्सीन लगाउने लक्ष्य लिएको र त्यसका लागि आवश्यक भ्याक्सीन ल्याउन तयारी गरेको बताइएको छ ।

