चितवन । चितवनमा रहेका सामाजिक महिला उद्यमी सहकारी मार्फत उत्पादन गरिएका सामाग्रीको प्रदर्शन एवम् विक्री सुरु गरिएको छ । चितवन उद्योग संघले चितवन प्रदर्शनी केन्द्रमा आयोजना गरेको शनिवारे मेलामा सहकारी मार्फत उत्पादन गरिएको कृषि तथा पशुजन्य उत्पादनहरुको प्रदर्शन तथा बिक्री सुरु गरिएको हो ।
जिल्ला सामाजिक उद्यमी महिला संघ चितवनबाट प्रारम्भिक सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुबाट उत्पादन भएको अर्गानिक कृषि सामाग्रीसंगै ढाका कपडा लगायतका सामान संकलन गरि कृषि प्रदर्शनी मेलामा विक्री गर्न लागिएको हो ।
महिला समुह मार्फत सहकारीमा आवद्ध भई उद्यमी बनाउनका लागि सहयोग गर्दै आएको सामाजिक महिला उद्यमी सहकारीमा आवद्ध भएका महिलाले स्थानीय उत्पादनलाई प्रथामिकता दिदै आएका छन् । उत्पादन भएपनि बजारीकरणमा समस्या देखिएको समयमा संघमा सुरु भएको पर्दशनी शनिवारे मोलाले सहयोग पुगेको उनीहरुले बताएका छन् ।

