चितवन । चितवनको कालिका नगरपालिका पदमपुरमा रहेको साना किसान कृषि सहकारी संस्था सम्मानित भएको छ । आर्थिक वर्ष २०७८र०७९ मा सहकारीहरु मध्ये उत्कृष्ट कारोबार गरेको भन्दै साना किसान कृषि सहकारी संस्था पदमपुर सम्मानित भएको हो ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधरणसभाको अवसरमा सदस्य सहकारी संस्थाले गरेको कारोबारको आधारमा साना किसान कृषि सहकारी संस्था पदमपुरलाई शाखा स्तरीय उत्कृष्ट कारोबार विधामा अन्तर्गत सम्मान गरेको हो ।
यो सम्मान २०७९ पौष १८ गतेनै घोषणा भएको थियो ।

