काठमाण्डौ । नेपालले अष्ट्रेलियामा धानको बीउ निर्यात गरेको छ । भन्सार विभागको पछिल्लो ११ महिनाको तथ्यांकअनुसार नेपालले अष्ट्रेलियामा धानको बीउ निर्यात गरेको छ । नेपालबाट १ लाख ८१ हजार रुपैयाँबराबरको ८ सय ४९ किलो धानको बीउ निर्यात भएको तथ्यांक छ ।
यस्तै नेपालले अष्ट्रेलियामै अन्य धान र पोलिस गरिएको वा नगरिएको सेमी–मिल्ड अथवा होल–मिल्ड चामल पनि निर्यात गरेको छ । जुन क्रमशः ३३ हजार रुपैयाँ र २ लाख ५१ हजार रुपैयाँको रहको छ । यसैगरी नेपालले जापानमा ३४ हजार रुपैयाँको ब्रोकन राइस पनि निर्यात गरेको छ ।

