चितवन । कृषिप्रधान देश नेपालमा १० महिनाको अवधीमा ६४ करोड रुपैँयाको कोदो आयात भएको छ । नेपालमा विदेशबाट यस अवधीमा दुई करोड किलो कोदो आयातआयात भएको भन्सरा विभागको तथ्याँकमा उल्लेख छ ।
विभागको तथ्याँक अनुसार नेपालमा भारत, चीन, इन्डोनेसिया लगायतका देशबाट कोदो आयात हँदै आएको छ ।
सन् २०२३ लाई संयुक्त राष्ट्र सघंले कोदो वर्षको रूपमा मनाइरहेको छ । नेपालमा स्थानीय सरकारले कोदोजन्य बालीलाई रैथाने बालीको रुपमा प्रवर्द्धन कार्यक्रम संचालन गर्दै आएकाछन् ।
कोदो नेपालको चौथो मुख्य बाली हो । खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्त्वपूर्ण बाली हो ।

