चितवन । चितवनमा रहेर विभिन्न सामाजिक काम गर्दै आएको सरल नेपालले भरतपुर महानगरपालिका वडा नम्वर १३ मा रहेको पर्यटकिय क्षेत्रको प्रवद्र्धनका लागि सिमसार क्षेत्र अवलोकन तथा संरक्षण कार्यक्रम आयोजना गरेको छ । भरतपुर महानगरपालिका वडा नम्वर १३ को सहकार्यमा आयोजना गरिएको कार्यक्रममा सो क्षेत्रमा रहेका विभिन्न पर्यटकिय क्षेत्रको अवलोकन गरिएको थियो ।

भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडी, वडा सदस्य चेत बहादुर तामागं, पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतो,बेलसहर मध्यवर्ती सामुदायिक उपभोक्ता समुहका अध्यक्ष सोभाखर अधिकारी ,समाजसेवी हरिकृष्ण सुबेदी, टिकाराम ओझा लगायतको सहभागिता रहेको थियो ।

टोलीले पर्यटकिय क्षेत्र सितामाइ बाट सुरु गरेर बन क्षेत्रको बिभिन स्थान डुम्रे, कालीबन हुँदै बाटुली पोखरीको समेत अवलोकन गरेको सरल नेपालका सदस्य अमृत अधिकारीले जानकारी दिनुभयो ।

वडा क्षेत्र भित्र रहेका पर्यटकिय क्षेत्रको प्रवद्र्धनको लागि थप योजना बनाएर काम गर्ने बताउदै वडा अध्यक्ष दवाडीले चितवनका महत्वपूर्ण पर्यटकीय क्षेत्रसंग जोडेर यस क्षेत्रको पर्यटन विकासमा सहयोग गर्ने बताउनुभयो ।


