चितवन । चितवनको कालिका नगरपालिकामा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम गरेको छ ।
सहकारीका शेयर सदस्यहरुका लागि आयोजना गरिएको सहकारी शिक्षा कार्यक्रम आज सम्पन्न भएको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओम प्रसाद लामिछानेले बताउनुभयो । हरेक बर्ष हुने यो कार्यक्रमलाई निरन्तर रुपमा अगाडी बढाउने बताउदै अध्यक्ष लामिछानेले यस कार्यक्रममा दुई सय जना सहभागी भएको जानकारी दिनुभयो ।
भुमिव्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय बागमती प्रदेशका शाखा अधिकृत खगेन्द्र पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा सहकारीको कुसल सञ्चालन, दिगो व्यवस्थापन र समस्या समाधानका बिषयमा छलफल भएको थियो ।
कार्यक्रममा सहकारीका कार्यसमिति,सल्लाहकार समिति, लेखा समिति विभिन्न उपसमिति र शेयर सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी प्रमुख अतिथि र कालिका नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष टिकाराम रेग्मीको विशेष अतिथिको रुपमा सहभागिता रहेको थियो ।
कार्यक्रममा पछिल्लो समय विकास भएको प्रविधिलाई प्रयोग गर्ने उद्देश्यले सहकारी मार्फत आफ्ना शेयर सदस्य एवम् वचत कर्ताहरुका लागि क्युआर कोड वितरण गर्न सुरु गरिएको सहकारीका सचिव लालुप्रसाद दाहालले जानकारी दिनुभयो । पहिलो चरणमा संस्थाका शेयर सदस्य ऋषिराम कुमाल (कालिका ६) चेत प्रसाद तिवारी (रत्ननगर १२) लाई वितरण गरिएको र विस्तारै यो प्रविधिलाई सवैको पहुँचमा लगिने सचिव दाहालले बताउनुभयो ।
यसैगरी सोही कार्यक्रममा सहकारीमा भाखा किस्ता ननाघेका नियमीत व्याज किस्ता वुझाउनेहरु मध्ये पहिलो चरणमा २५ जनालाई सुरक्षीत सुपर ग्रिन कार्ड वितरण गरिएको दाहालले जानकारी दिनुभयो । असल ऋणीको रुपमा प्राप्त गर्ने यो कार्ड प्राप्त गर्नेहरुका लागि केही प्रतिशत व्याज छुट हु्ने व्यवस्था सहकारीले गरेको दाहालले बताउनुभयो ।
सहकारीका अध्यक्ष ओम लामिछानेको अध्यक्षतामा भएको सहकारी प्रशिक्षण कार्यक्रम सचिव लालुप्रसाद दाहालले संचालन गर्नुभएको थियो । कार्यक्रम संयोजक तथा कोषाध्यक्ष कविता न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

