काठमाडौँ । सुशासनसहितको सुरक्षित सहकारी संस्था निर्माणका लागि सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हरूले प्रतिबद्धता जनाएका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले आयोजना गरेको व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी (सीईओ वर्कसप) मा उनीहरूले संस्था राम्रो बनाउन १२ बुँदे साझा संकल्प सार्वजनिक गरे । दुई दिनसम्म सञ्चालित गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणमा प्रतिबद्धता व्यक्त गरेको छ । गोष्ठीले विभिन्न १२ बुँदे संकल्प प्रस्ताव पनि पारित गरेको छ ।

