चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २२मा रहेका विभिन्न विद्यालयका प्रतिनिधिमुलक विद्यार्थीहरुलाई नेतृत्व तथा ब्यक्तित्व विकास कार्यशाला सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा ७५ जना विद्यार्थीहरु सभागि भएका थिए ।
भरतपुर महानगरपालिका वडा नम्वर २२को सहयोगमा सरल नेपाल संस्थाले आयोजना गरेको कार्यक्रम माघ २३ गतेदेखि २५ गतेसम्म संचालन गरिएको थियो । टाइम्स एफएमका कार्यक्रम सञ्चालक संजिव पौडेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको सहयोगी संस्थाको रुपमा सेन्ट्रल कलेज रहेको थियो ।

समापन कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्वर २२ का वडा अध्यक्ष विष्णुराज महतोले यस्ता कार्यक्रमले विद्यार्थीहरुको नेतृत्व विकास र व्यक्तीत्व विकासमा सहयोग पुग्ने बताउनुभयो । आगामी बर्षमा विद्यार्थीहरुको क्षमता र हौषला बढाउनका लागि थप कार्यक्रम गर्दै जाने अध्यक्ष महतोले बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य सूर्य बहादुर गुरुगं,सरल नेपालका मेरीना पौडेल,किरण श्रेष्ठ,विन्दु अधिकारी,रोजिना ढुगांना,विविसा लामिछाने,प्रतिक्षा ढकाल,अमृत अधिकारी,सुवास पौडेल,सुजित लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

सरल नेपालका अध्यक्ष मनिष पौडेलले विद्यालय स्तरबाटै विद्यार्थीहरुको क्षमता अभिवृद्धी गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सिक्ने उमेरमा रहेका विद्यार्थीहरुलाई सानै देखि अव्वल बनाउदै लानु भनेको बलियो रुखका लागि जरा कसिलो बनाउनु जस्तै भएकाले यस्ता कार्यक्रमलाई सरल नेपालले प्राथामिकतामा राख्दै आएको अध्यक्ष पौडेलले बताउनुभयो ।

