चितवन । चितवनमा कृषिको अन्तराष्ट्रिय प्रर्दशनी हुने भनिएपनि जिल्लाकै कृषि उद्यमी वेखवर रहेकाछन् । माघको २७ देखि २९ गतेसम्म कृषिको अन्तराष्ट्रिय प्रर्दशनी गर्ने भनिएपनि जिल्लाका अधिकांस कृषि उद्यमीलाई आफुहरुलाई यो बिषयमा जानकारी नभएको बताएकाछन् ।
जिल्लाका अधिकांश कृषक र यो संग सरोकार राख्ने निकायलाई यो बिषयमा जानकारी छैन । चितवनमा अन्तराष्ट्रिय स्तरको कृषि प्रदर्शनी हुने भनिएपनि जिल्लाका कृषि उद्यमीलाई यो बिषयमा जानकारी छैन् । अधिकांस कृषी उद्यमीले आफुलाई यो बिषयमा जानकारी नभएको बताएकाछन् ।
जिल्लामै हुने भनिएको अन्तराष्ट्रिय स्तर मानिएको प्रर्दशनीका बारेमा जिल्लामै थाहा नहुनुले यसको उपलव्धी र प्रभावका बिषयमा खासै नरहने उनीहरु बताउछन् । विदेशका सामाग्रीको प्रचार र सरकारी अनुदानको खर्च बाहेक यसको कुनै उपलव्धी नभएको उनीहरुको बुझाई रहेको छ ।
कृषि र किसान केन्द्रित प्रर्दशनी बस्तविक किसान लक्षीत हुन सकेका छैनन् । व्यवसाय गर्ने ठुला व्यपारको प्रमोसन बाहेक अन्य बिषय गौण बन्दै गएको छ । अन्तराष्ट्रिय स्तरको प्रदर्शनीको मापदण्ड के हो ? के के आधारमा यस्ता प्रदर्शनी अन्तराष्ट्रिय स्तरको हुने हो । केही अन्य देशको नाममा स्टल रहँदैमा अन्तराष्ट्रिय हुने हो ? चासोको बिषय छ ।प्रविधि सवै अन्तराष्ट्रिय नै हुन । चर्चा र प्रचारको लागि अन्तराष्ट्रिय भनिएपनि त्यसबापत वास्तविक किसानका लागि हुने उपलव्धी के हो ? प्रश्नहरु अनेक छन् ।
राज्यका निकायका अनुदानमा लोभ गर्ने र विदेशी सामानको प्रमोसनका लागि गरिने यस्ता प्रदर्शनीले किसानलाई खासै प्रभाव परेको देखिदैन । विगतमा भएका यस्ता अन्तराष्ट्रिय प्रर्दशनीका कारण के उपलव्धी भए कहिँ कतै समिक्षा भएको पाइदैन ।
सुरुका केही प्रर्दशनीलाई परिक्षणका रुपमा लिनुसम्म स्वभाविक हो । तर के लगातार हुने यस्ता अन्तराष्ट्रिय भनिएका प्रर्दशनी पछिको उपलव्धी समिक्षा हुनुपर्ने थियो तर भएको पाइदैन ।
यस्ता प्रदर्शनी सम्पन्न गर्नका लागि राज्यको लगानी भइरहेको छ । अनुदानमा प्राप्त हुने यस्ता कार्यक्रम संञ्चालन गर्ने आयोजक छनौटको बिषयमा पनि समिक्षा हुन आवश्यक रहेको छ ।प्रदर्शनी हुनु नराम्रो होइन तर के यी प्रर्दशनीले लक्षीत समुहलाई प्रभाव परेको छ या छैन समिक्षा हुुनुपर्छ । यस्ता प्रर्दशनी गर्ने अयोजकले कम्तीमा पनि आयोजना हुने जिल्लाका कृषि उद्यमी र यस संग सरोकार राख्ने निकायसंग समन्वय गर्न सके कार्यक्रमको थप प्रभावकारी हुने छ ।

