हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गतको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा सञ्चालन हुने सप्ताहव्यापी राष्ट्रिय पोल्ट्री दिवस आजदेखि हेटौँडामा सुरु भएको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले पुस ११ गतेदेखि १७ गतेसम्म मनाउने दशौँ राष्ट्रिय पोल्ट्री दिवसको आज उद्घाटन भएको निर्देशनालयका प्रतिनिधि शरन पाण्डेयले बताउनुभएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईँको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको हो । बागमती प्रदेशको अर्थतन्त्रमा विशेष योगदान दिँदै आएको पोल्ट्री क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउन कार्यक्रमको आयोजना गरिएको मन्त्री हुमागाईँले जानकारी दिनुभयो । कार्यक्रममा पोल्ट्री व्यवसायको वर्तमान अवस्थाका बारेमा समीक्षा गरिने छ ।
स्थानीय तहमा क्रियाशील पोल्ट्री क्षेत्रसँग सम्बन्धित संस्थाहरू कार्यक्रममा सहभागी हुँदै छन् । यसैगरी कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कार्यक्रमको रूपरेखा तयार गर्ने छ भने निर्देशनालयरभेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरूले स्वीकृत कार्ययोजनाको अधीनमा रही क्रियाकलापरगतिविधहरू तय गर्ने र जिम्मेवारी बाँडफाँड समेत हुनेछ ।
यस कार्यक्रमले पोल्ट्रीजन्य उत्पादनको उपभोग प्रवर्द्धन गर्ने तथा पोल्ट्रीजन्य उत्पादको पौष्टिक महत्त्वका बारेमा उपभोक्तालाई जानकारी गराइ दैनिक उपभोगका लागि आकर्षित गर्ने मन्त्रालयको उद्देश्य रहेको छ । राष्ट्रिय पोल्ट्री दिवस २०७९ का लागि मन्त्रालयले ूपोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता, खाद्य र पोषण सुधार हाम्रो प्रतिबद्धताू को नारा तय गरेको छ ।
वि सं २०१७ साल पौष १७ गते सरकारीस्तरबाट बाराको परवानीपुरमा निर्मित सेन्ट्रल ह्याचरीको उद्घाटन भएको सन्दर्भमा उक्त दिनको ऐतिहासिक महत्त्वलाई दृष्टिगत गरी वि।सं २०७० सालदेखि हरेक वर्ष पौष १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसका रूपमा मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइन्छ ।

