काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखाना संचालन गर्ने भएको छ । वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएको हो ।
मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गर्नुभएको छ ।
गत ३१ भदौको मन्त्रिपरिषद बैठकले करिब तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आविष्कार केन्द्रसँग अर्थ मन्त्रालयले सञ्चालन सम्झौता गरेको हो।
आर्थिक वर्ष २०७९/८०को बजेटमा बन्द तथा रूग्ण रहेका कारखानाहरू पुनः सञ्चालन गरिने घोषणा गरिएको थियो । सोही अनुसार कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा आविष्कार केन्द्रलाई दिइएको हो ।
यसअघि अर्थमन्त्री जनार्दन शर्माले २१ जेठमा वीरगञ्ज पुगेर कारखानाको स्थलगत निरीक्षण गरेका थिए। सोही बेला उनले कारखना पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता पसिन जनाएका थिए।

