लमजुङ । लमजुङमा व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा व्यावसायिक पशुपालक किसानको सङ्ख्या बढेसँगै पशुको सङ्ख्या र पशुजन्य उत्पादनमा वृद्धि भएको छ । गएको वर्ष जिल्लामा तीन हजार ६ सय ६७ मेट्रिक टन गाईको दूध र १२ हजार चार सय ६४ मेट्रिक टन भैँसीको दूध गरी १६ हजार एक सय ३१ मेट्रिक टन दूध उत्पादन भएको विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी लमजुङमा गएको वर्ष तीन हजार एक सय ३४ मेट्रिक टन मासु उत्पादन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा लमजुङमा राँगा÷भैँसीको मासु एक हजार तीन सय १७, खसीको नौ सय ५५, कुखुराको ६ सय ८८, बङ्गुरको दुई सय ३२, भेडाको ९२ दशमलव ५ र माछा ४७ दशमलव ८ गरी तीन हजार एक सय ३४ मेट्रिक मासु उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो ।

