चितवन । चितवनमा कृषि सामग्री कम्पनीले खरिद गरेको रासायनिक मल आउने भएको छ । कम्पनीका अनुसार चितवनमा ४६ मेट्रिकटन मल आउन लागेको हो । जिल्लाका लागि ५ सय ५५ मेट्रिकटन मल मात्रै उपलब्ध भएको कम्पनीका चितवन शाखा प्रबन्धक राजेन्द्र वगालेले बताउनुभएको छ । कृषि सामग्री कम्पनीले ग्लोबल टेण्डर प्रणाली मार्फत नेपालमा मल ल्याएको हो ।
कृषि सामग्री कम्पनीले जिल्लामा एक हप्तापछि मात्रै मल वितरण गर्ने प्रवन्धक बगालेले जानकारी दिनुभयो । यहाँ यो सिजनको धान बालिमा मात्रै ३ हजार मेट्रिकटन मलको आवश्यकता छ । किसानको माग धेरै भएपनि सरकारी निकायबाट थोरै मात्रै मल उपलब्ध गराउन लागिएको हो ।

