चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि जारी गरिएको निती तथा कार्यक्रममा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ । कृषकहरुलाई तत्कालै प्राविधिक सहायता पु¥याउनका लागि कृषि विज्ञहरुसहितको कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइने भरतपुर महानगरपालिका प्रमुख रेनु दहालले पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
भरतपुर महानगरपालिकामा ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बजेट पेश गरेको छ । चालु आव २०७८/७९ मा भन्दा आगामी आवको बजेटमा २२ करोड ६८ लाख ६८ हजार रुपैयाँ बढाइएको छ ।
समग्र नीति तथा कार्यक्रममा उत्पादन र रोजगारीलाई प्राथमिकता दिइएको छ । त्यस्तै, महानगरमा विद्युतीय बस सञ्चालन, ज्येष्ठ नागरिकलाई धार्मिक स्थल देवघाटसम्म विद्युतीय वसमा निःशुल्क पु¥याउने व्यवस्था गरिनेकार्यक्रममा उल्लेख गरिएको छ ।

